दैलेखमा नेकपाको प्रदर्शन


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यक्रमअनुसार दैलेख जिल्लामा अखिल (क्रान्तिकारी) र अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को आयोजनामा सोमबार रुकुम पश्चिममा नवराज विक र उनका साथीहरूको सामूहिक जातीय हत्याको विरोधमा प्रदर्शन भएको छ । नवराजको अन्तरजातीय विवाहका कारण हत्या गरिएको घटना र अमेरिकामा अश्वेत नागरिक जर्ज फ्लोइडको अमेरिकी प्रहरीद्वारा गरिएको निर्मम हत्याविरुद्ध कार्यक्रम सम्पन भएको हो ।

विरोध कार्यक्रममा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) दैलेखकी अध्यक्ष पवित्रा र अखिल (क्रान्तिकारी) दैलेखका सदस्य शरदले सम्बोधन गरेको समाचारमा जनाइएको छ ।

कार्यक्रमका वक्ताहरूले समाजमा जातीय आधारमा गरिने छुवाछूत र भेदभावलाई सामाजिक अपराध घोषणा गर्नुपर्ने र अन्तरजातीय विवाहको विषयमा हत्या गरिएका नवराज विक र उनका साथीहरूका हत्यारालाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग गरे । अमेरिकामा अश्वेत नागरिक जर्ज फ्लोइडको हत्या हुनुले अमेरिकी साम्राज्यवादको चरित्र कति आतङ्ककारी रहेछ भन्ने कुरा पुष्टि भएको र संसारका न्यायप्रेमी जनसमुदायहरू आफ्नो मुक्ति र स्वतन्त्रताका लागि साम्राज्यवादविरुद्ध सङ्घर्ष गर्नुपर्ने आवश्यकतामा वक्ताहरूले जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :