प्रदर्शनकारीलाई गिरफ्तार गरिएकोमा अखिल क्रान्तिकारीद्वारा निन्दा र भत्र्सना


काठमाडौँ : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) उपत्यका क्षेत्रीय समन्वय समितिले प्रेस विज्ञप्ति प्रकाशित गरी सोमबार काठमाडौँमा आयोजित संयुक्त विरोध प्रदर्शनबाट गिरफ्तार गरिएका अखिल (क्रान्तिकारी) काठमाडौँ जिल्ला समिति अध्यक्ष गोविन्द बिष्टसहित चारजनालाई तत्काल रिहा गर्न माग गरेको छ ।

समितिका संयोजक हर्कबाहदुर विकले विज्ञप्ति जारी गरी भनेका छन्, ‘पश्चिम रुकुमको जातीय नरसंहार र अमेरिकी अश्वेत नागरिक जर्ज फ्लोइडको हत्याकाण्डको विरोध, राष्ट्रघाती एमसीसी सम्झौताको खारेजी, अतिक्रमित नेपाली भूमि फिर्ता, कोरोना महामारी नियन्त्रणका नाममा गरिएको सरकारी भ्रष्टाचारको छानबिन तथा क्वारेन्टाइनमा रहेका सम्पूर्ण नागरिकको अनिवार्य पीसीआर परीक्षण गर्नुपर्ने मागसहित नेपाल कम्युनिस्ट पार्टी समर्थित जनवर्गीय सङ्गठनद्वारा आज काठमाडौँमा आयोजित संयुक्त विरोध प्रदर्शन कार्यक्रमबाट हाम्रो सङ्गठन अखिल (क्रान्तिकारी) काठमाडौँ जिल्ला समिति अध्यक्ष गोविन्द बिष्टसहित ४ जनालाई सामाजिक दलाल पुँजीवादी सरकारको गृह प्रशासनको ठाडो आदेशमा गिरफ्तार गरिएको छ । जनपक्षीय आवाजमाथिको कायरतापूर्ण दमन र हाम्रा नेता–कार्यकर्तामाथिको गैरन्यायिक गिरफ्तारीको सङ्गठन घोर निन्दा एवम् भत्र्सना गर्दछ । साथै गिरफ्तार नेता–कार्यकर्ताहरूको अविलम्ब रिहाइका लागि जोडदार माग गर्दछौँ । अन्यथा सङ्घर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिन चाहन्छौँ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘कोरोना महामारीको जटिल सङ्कटमा समेत जनघात र भ्रष्टाचार गर्ने वर्तमान कथित कम्युनिस्ट सरकार एमसीसीको अमेरिकी चक्रव्यूहमा देशलाई धकेलेर अर्को भयानक राष्ट्रघात गर्न उद्यत भइरहेको छ । लुटको स्वर्ग जोगाउनकै लागि जनपक्षीय आवाजहरूमाथि बन्दुकको भाषा बोलिरहेको छ । सिंहासनमा आसीन शासकहरूलाई घुँडा टेकाएको नेपालको जनतान्त्रिक आन्दोलनको इतिहासलाई नजरअन्दाज नगर्न हामी कडा चेतावनीसमेत दिन चाहन्छौँ । साथै राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, सीमा रक्षा, न्याय, समानता, स्वतन्त्रता र मुक्तिका लागि अविचलित भई सङ्घर्ष गर्न र सत्य स्थापित गर्न हाम्रो सङ्गठन दलाल फासिवादी सत्ताको कायरतापूर्ण दमन र षड्यन्त्रको कुनै परबाह नगर्ने कुरा अवगत गराउन चाहन्छौँ ।’ विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :