काभ्रे, रामेछाप र सिन्धुपाल्चोकका सात ठाउँमा जातीय विभेदविरुद्ध प्रदर्शन


काठमाडौँ : नेकपा ताम्सालिङ ब्युरो र विशेष जिल्लाहरूमा रुकुमपश्चिममा दलित युवाहरूको सामूहिक हत्याकाण्ड र अमेरिकामा अश्वेत युवकको हत्याका विरुद्ध प्रदर्शन तथा कोणसभा भएको समाचार प्राप्त भएको छ ।

प्राप्त समाचारअनुसार काभ्रेका रोशी, बनेपालगायत पाँच ठाउँमा र सिन्धुपाल्चोकका दुई ठाउँमा विरोध ¥याली र कोणसभा सम्पन्न भएको हो ।

कार्यक्रममा ब्युरो र सम्बन्धित जिल्लाका विभिन्न जिम्मेवारीमा रहेका नेकताका नेता, कार्यकर्ता जवस–मोर्चाका नेतृत्वका साथै सर्वसाधारणको उपस्थिति थियो ।

कार्यक्रमका वक्ताहरूले नेपालको रुकुमपश्चिममा दलित युवाहरूमाथि कथित माथिल्लो जातिका भनिएकाहरूबाट जेठ १० गते भएको सामूहिक हत्याकाण्ड तथा अमेरिकामा अश्वेत युवक जर्ज फ्लोइडको हत्याको विरोध गर्दै एकीकृत जनक्रान्तिले मात्र सम्पूर्ण विभेदहरूको अन्त्य गरी समानतामूलक समाजको निर्माण गर्ने बताएका थिए ।

यसैगरी जातीय तथा रङ्गभेदविरोधी कार्यक्रम रामेछापको खाँडादेवीलगायत स्थानमा सम्पन्न भएको समाचार प्राप्त भएको छ ।

समाचारमा जनाइएअनुसार पार्टीको जिल्ला नेतृत्वका साथै स्थानीय जनसमुदायको सघन उपस्थितिमा सम्पन्न कार्यक्रममा नेपालको रुकुममा भएको जातीय हत्याकाण्ड र अमेरिकामा अश्वेत जातिमाथि भएको बर्बर हत्याकाण्डको सख्त विरोध गर्दै अपराधीहरूलाई सख्त सजायको माग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :