दोलखामा जातीय विभेदविरुद्ध प्रदर्शन


काठमाडौँ : दोलखामा सोमबार दिउँसो ९ नं इलाका सेक्रेटरीको नेतृत्वमा रुकुम पश्चिममा भएको हत्या, जातीय विभेद र अमेरिकामा भएको रङ्गभेद तथा बीभत्स हत्याका विरुद्धमा प्रदर्शन भएको छ ।

प्रदर्शनपछि भएको कोणसभाको अध्यक्षता वैतेश्वर इलाका सेक्रेटरी अलिले गरेका थिए भने सञ्चालन बिगुका सेक्रेटरी बब्लुले गरेका थिए । अरू सबै इलाका सेक्रेटरीहरूले जातीय विभेद र रङ्गभेदविरुद्ध एकजुट भई लड्नुपर्ने बताएको प्राप्त समाचारमा जनाइएको छ ।

अलिले रुकुम पश्चिम हत्याकाण्डका दोषीलाई तत्काल कारबाही गर्न माग गरे भने काला जाति भएका कारण अमेरिकामा ज्यान गुमाएका जर्ज फ्लोरिडप्रति भावुक हुँदै श्रद्धाञ्जली व्यक्त गरे । उनले जातीय विभेद र रङ्गभेद अन्त्यका लागि एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद र साम्यवाद स्थापना गरेपछि मात्र सम्भव भएको प्रस्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :