जर्मनीमा भीडन्त/नर्कमा स्वागत छ !

_96849148_1e4e5883-caae-4f09-9cdd-fa1ff63e3249काठमाडौं/असार २३ :आजदेखी जर्मनीको ह्याम्वर्गमा शुरु भएको जीे–२० राष्ट्रहरुको शिखर बैठकमा प्रहरी र प्रदर्शनकारीका बीचमा भीडन्त भएको छ । बैठक स्थलतिर बढ्दै गरेका प्रदर्शनकारीलाई रोक्न प्रहरीले पानीका फोहोरा र अश्रुग्याँस प्रहार गरेको थियो । विकासको नाममा विश्वको वातावरण विनास गर्ने र गरिवको बाँच्न पाउने हक तथा रोजगार खोसिएको भन्दै प्रदर्शनकारीले ‘नर्कमा स्वागत छ’ लेखिएको ब्यानर बोकेर प्रदर्शन गरेका थिए । भीडन्तको क्रममा प्रदर्शनकारी र प्रहरी गरी सयौं घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :