नेकपा नेत्री वन्दनाको श्रद्धाञ्जलीसभा सम्पन्न


काठमाडौँ : नेकपाकी पूर्वकेन्द्रीय सदस्य एवम् अखिल नेपाल क्रान्तिकारी किसान महासङ्घकी पूर्वअध्यक्ष सविता सिंह ‘वन्दना’ को श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ ।

दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय अध्यक्ष डम्बर विश्वकर्मा ‘मामा’ को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकालले गरेका थिए ।

कार्यक्रममा अखिल नेपाल क्रान्तिकारी टे«ड युनियन महासङ्घका संयोजक विनोद थापा, नेकपा (क्रान्तिकारी माओवादी) ३ नं प्रदेश सदस्य राम नेपालीलगायतले बोलेका थिए । वक्ताहरूले वन्दनाको निधनले नेपालको कम्युनिस्ट आन्दोलनलाई अपूरणीय क्षति पुगेको बताएका थिए ।

बाथलगायत रोगबाट ग्रस्त नेकपा नेत्री वन्दनाको उपचारका क्रममा दुई साताअघि भारतमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :