अनैतिक कार्य गर्दागर्दै सरकारी नेकपाका नेता समातिए

काठमाडौँ : सरकारी नेकपा कालीकोटका जिल्ला समिति सदस्य तथा कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका ७ का वडाध्यक्ष अनैतिक सम्बन्ध राख्दाराख्दैको अवस्थामा समातिएका छन् । सरकारी नेकपाका नेता दलबहादुर विश्वकर्मालाई आपत्तिजनक अवस्थामा फेलापारिएको हो ।

नरहरिनाथ गाउँपालिका वडा नं ७ की महिलासँग अवैध सम्बन्ध राख्दै गर्दा स्थानीयले उनलाई घटनास्थलमै समातेका हुन् । अत्यधिक मदिरा पिएर पटकपटक एक महिलाको घरमा जाने वडाध्यक्ष विकलाई त्यहाँका स्थानीय नागरिकले निगरानी राखी अवैध सम्बन्ध राख्दै गर्दा समातेका हुन् ।

माल्कोटकी ती महिलासँग वडाध्यक्ष विश्वकर्माले पहिलेदेखि नै अवैध सम्बन्ध राख्दै आएको स्थानीयले थाहा पाएपछि घेरा हालेर होहल्ला गर्दै समातेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :