कोरोना सङ्क्रमणको अवस्था सहज नहुँदासम्म कुनै पनि बहानामा शुल्क नलिन–नबुझाउन विद्यार्थी सङ्गठनको आग्रह

काठमाडौँ : अखिल क्रान्तिकारी, नेविसङ्घ र अनेरास्ववियुले कोरोना सङ्क्रमणको अवस्था सहज नहोउन्जेलसम्म पैसा कमाउने उद्देश्यले विद्यार्थी भर्ना नगर्न र कुनै पनि बहानामा शुल्क नअसुल्न आग्रह गरेका छन् । दाङमा क्रियाशील तीन विद्यार्थी सङ्गठनले संयुक्त प्रेस वक्तव्य जारी गर्दै यस्तो आह्वान गरेका हुन् ।

अखिल (क्रान्तिकारी) का अध्यक्ष अनिल केसी, अनेरास्ववियुका संयोजक जङ्ग रोका र नेविसङ्घका कावा सभापति तोपबहादुर बुढाथोकीले संयुक्त वक्तव्य जारी गर्दै यस्तो आह्वान गरेका हुन् । वक्तव्यमा भनिएको छ, ‘निजी विद्यालयका सञ्चालकहरूले यही असार महिनादेखि विभिन्न माध्यमद्वारा पठनपाठन गरी शुल्क लिने भन्ने विषयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सैद्धान्तिक रूपमा सबै विद्यार्थीको पठनपाठन छिट्टै सुरु गर्नुपर्ने कुरामा हामी सचेत र जिम्मेवार छौँ तर कोभिड १९ का कारण विद्यार्थीहरूको जीवनलाई प्रयोगशाला हुनसक्ने कुरामा सबै पक्ष जिम्मेवार हुनुपर्नेमा निजी विद्यालयका सञ्चालकहरूले रकम असुल्ने नियतका साथ यस्ता कुनै पनि कार्य नगर्न आग्रह गर्दछौँ ।’

वक्तव्यमा अगाडि भनिएको छ, ‘२०७६ चैत महिनामा शैक्षिक संस्थाहरू सञ्चालन नभएकाले निजी तथा सामुदायिक विद्यालयहरूले लिएको शुल्क फिर्ता अथवा समायोजन गर्न अनुरोध गर्दछौँ । साथै २०७७ वैशाखदेखि हालसम्म पठनपाठन पूर्ण रूपमा सुचारु नहुँदासम्म कुनै पनि बहानामा शुल्क नलिन आग्रह गर्दछौँ । कोरोना सङ्क्रमण जोखिमको वातावरण पूर्ण रूपमा सहज नहुँदासम्म अभिभावकहरूले विद्यालयमा भर्ना अथवा कुनै पनि बहानाको शुल्क नबुझाउनुहुन हामी विनम्र अनुरोध गर्दछौँ ।’ वक्तव्यको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :