अकांक्षी धेरै भएपछि मन्त्री मण्डल विस्तारमा ढिलाई

imagesकाठमाडौं/असार २३ : सत्तारुढ दलभित्र मन्त्री पदका आकांक्षी धेरै भएपछि निर्णय हुन नसक्दा मन्त्रीमण्डल विस्तार हुन सकेकको छैन । कांग्रेसभित्र देउवा, रामचन्द्र, कृष्ण प्रसाद सिटौला, निधीलगायतका गुटहरु तीव्र तानातानमा छन् भने नेकपा (माओवादी केन्द्र) भित्र जनार्दन, वर्षमान, नारायाणकाजी गुटहरु क्रियाशील छन् । उता उपेन्द्र यादव समूह सरकारमा जान नमानिरहेको भएपनि फकाउने प्रयास जारी रहेको छ । त्यसैगरी राप्रपाको पशुपती शम्शेर समूह सरकारमा जान आतुर छ । गुट–उपगुटको विचतानीका कारण मन्त्रीमण्डल विस्तारमा भने ढिलाई भैरहेको छ । यसैबीच माके नेतृ पम्फा भुसालले भक्तपुरको एक कार्यक्रमा नेपाली कांग्रेसको गुटसंघर्षका कारण मन्त्रीमण्डल विस्तार हुन नसकेको आरोप लगाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :