रुसको युक्रेन नीतिप्रति ट्रम्प आक्रोसित

 

काठमाडौं/असार २३ : युक्रेनमा भैरहेको विद्रोहलाई संयुक्त राज्य अमेरिकाले रुसी उक्साहट भन्दै आएको छ । बिहिबार पोल्याण्डको राजधानी वार्सामा बोल्दै अमेरिकी राष्ट्रपति ट्रम्पले त्यो धाराणा दोहो¥याएका छन् । ट्रम्पले रुन्चे स्वारमा सिरिया र इरानलाई सहयोग नगर्नसमेत रुसलाई चेतावनी दिएका छन् । रुसले भने ट्रम्पको धारणा गलत र गैरजिम्मेवार भन्दै खण्डन गरेको छ । पोल्याण्डको राजधानी वार्सास्थित रासिन्स्की स्क्वायरमा रहेको सन् १९४४ मा भएको विद्रोहको स्मारक स्थलमा जम्मा भएका पोलिस नागरिकको सभालाई सम्बोधन गर्दै ट्रम्पले रुसको आलोचना गरेका थिए । ट्रम्पले पोल्याण्डलाई कथित पश्चिमी सभ्यताको रक्षक देश भन्दै उक्साउन पनि पछि परेनन् । ट्रम्पले पश्चिमी सभ्यता खतरामा परेकोसमेत स्विकार गरे । ट्रम्पले उत्तरकोरियाको विरुद्ध विरोध प्रदर्शन गर्न पनि पोलिस नागरिकलाई उक्साउन छोडेनन् । ट्रम्पले अमेरिका आफैँ आणविक शक्तिको थुप्रोमा बसेर इरानको आणविक शक्ति सम्पन्न देश बन्ने चाहनालाई विरोध गर्नसमेत बाँकी राखेनन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :