आइतबारदेखी रात्री सेवा बन्द हुने

मुग्लिन–नारायणगढ खण्डमा रात्री सेवा बन्दकाठमाडौं/असार २३ : अत्यधिक दूर्घटना बढ्दै गएपछि चितवन प्रशासनले २५ गते साँझदेखी मुग्लिन–नारायणगढ खण्डमा रात्री सेवा बन्द हुने भएको छ । रात्री समयमा काम गर्न नसकिने निर्माण कम्पनीको दाबि भइरहेको बेला दिनभरी सवारी चल्ने भएपछि सडकको काम झन लम्बिने भएको छ । आइतबार साँझ ४ बजेदेखी नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी साधन दासढुङ्गा मै रोकिने छन् । आँपटारी–दासढुङ्गा सडक खण्ड खतरामुक्त रहेको छ । त्यसैगरी काठमाडौं वा पोखराबाट नारायणगढतर्फ जाने सवारी साधनहरु साँझ ५ बजेदेखी मुग्लिन बजार मै रोकिने छन् । रात्री सेवा रोकिएपछि सडकमा सवारी साधनको चाप बढेर सडक जाम बढ्ने र यात्रुको दैनिक क्रियाकलाप मात्र होइन आर्थिक गतिविधीमासमेत नकारात्मक प्रभाव पर्नेछ । संसदको विकास समितिले दिएको निर्देशन बमोजिम बिहिबार भरतपुरमा सम्पन्न सर्वपक्षीय बैठकले सो निर्णय गरेको चितवन प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :