नेपाल कतारको पक्षमा !

Qatarकाठमाडौं/असार २३ :  कतार र उसको विपक्षमा रहेका खाडी देशहरुले आ–आफ्नो पक्षमा विश्व जनमत बनाउन दौडधुप शुरु गरेका छन् । केही दिन अघि कतारका राजदुतले नेपाली अधिकारीहरुलाई भेटेर समर्थन मागेका थिए । बिहिबार कतारको विरुद्ध कडा नाकान्दी घोषणा गरेका ४ देशका राजदुतहरुले उप–प्रम तथा परराष्ट्र मन्त्री महरालाई संयुक्त रुपमा भेटर सहयोगको प्रस्ताव गरेको थिए । महराले भने ‘नेपाल कुनै पनि देशको पक्ष र विपक्षमा जान नसक्ने’ जनाउ दिएका छन् । कतारमाथी अमेरिकी उक्साहटमा भएको हस्तक्षेपको पक्षमा सरकार नलाग्नुलाई सकरात्मक कदमका रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :