एमसीसी र भ्रष्टाचारविरुद्ध बालुवाटारमा बिहीबार हजारौँको प्रदर्शन

आन्दोलनकारीमाथि प्रहरीले छोड्यो अश्रुग्याँस र पानीको फोहोरा


काठमाडौँ : एमसीसी सम्झौता राष्ट्रघाती भएकाले पारित गर्नु नहुने र सरकारले कोरोना रोकथामका लागि भन्दै मनोमानी ढङ्गले खर्च गरेको दस अर्बको हिसाब सार्वजनिक गर्नुपर्ने माग गर्दै प्रधानमन्त्री निवास बालुवाटारबाहिर गरिएको प्रदर्शनमा प्रहरीले पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरेको छ ।

राष्ट्रघाती एमससी सदनबाट पारित गर्नु नहुने, कोरोना रोकथाममा भएको भनिएको १० अर्बको हिसाब सार्वजनिक गर्नुपर्ने, कोरोना नियन्त्रणमा ध्यान दिनुपर्ने, मनोमानी वृद्धि गरिएको कर घटाउनुपर्नेलगायत माग राखेर हजारौँ जनसाधारणले बिहीबार पनि प्रदर्शन गरेका छन् ।

आफूहरूमाथि पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरिएको आन्दोलनकारीले बताएका छन् । प्रदर्शनकाकारीले ‘राष्ट्रघाती एमसीसी खारेज गर, राष्ट्रिय स्वतन्त्रताको रक्षा गरौँ, दलालहरू होसियार, प्रहरी हस्तक्षेप बन्द गर्’ लगायत नारा लगाएका थिए ।

लकडाउन तोड्दै हजारौँ प्रदर्शनकारी बालुवाटारअगाडि प्रदर्शनमा उत्रिएका छन् । आफूहरूले मङ्गलबार गरेको प्रदर्शनमा पनि प्रहरीले पानीको फोहोरा हानेको प्रदर्शनकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :