कालीकोट टिपर दुर्घटनाप्रति नेकपाद्वारा दुःख व्यक्त


काठमाडौँ : कालीकोटको लालीघाटबाट रास्कोट जाँदै गरेको टिपर दुर्घटनामा भएको मानवीय क्षतिप्रति नेपाल कम्युनिस्ट पार्टी कालीकोटले गहिरो दुःख व्यक्त गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी कालीकोटका जिल्ला इन्चार्ज विराट र सेक्रेटरी रणदीपले प्रेस विज्ञप्ति जारी गरी उक्त दुर्घटनामा परी मृत्यु भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै उनीहरूले बेपत्ताहरुको खोजीकार्यका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै पार्टीपङ्क्तिलाई पनि उद्धारकार्यमा लाग्न निर्देशन दिएका छन् । उद्धारका नाममा जबर्जस्ती धेरै यात्रु राख्नाले गम्भीर लापरबाही गरिएको बताउँदै विज्ञप्तिमा मृतक परिवारलाई उचित क्षतिपूर्ति, राहत, घाइतेहरुको निःशुल्क उपचारको माग गरिएको छ ।

भारतबाट फर्किंदै गरेका मजदुरहरूलाई लिएर कालीकोटको रास्कोट जाँदै गरेको टिपर कर्णाली नदीमा खस्दा २ जनाको मृत्यु, ३० जना घाइते र २ जना अझै बेपत्ता भएका छन् । विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :