काठमाडौँमा टाँसिए एमसीसीविरुद्ध हजारौँ पोस्टर


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यक्रमअनुसार जेठ २७ र २८ गते काठमाडौँका दस नगरपालिका र एक महानगरपालिकाका विभिन्न ठाउँमा एमसीसीविरुद्ध नेकपाले व्यापक पोस्टरिङ गरेको छ । सम्बन्धित नगर, महानगर र जनवर्गीय सङ्गठन र पार्टी समितिहरु परिचालन गरी हजारौँ पोस्टर टाँस्ने काम सम्पन्न भएको नेकपाले जनाउको छ ।

पार्टी विगत लामो समयदेखि नै एमसीसीविरुद्ध चरणबद्ध आन्दोलनमा रहेको हुनाले जनतामा जागरण ल्याउन र उक्त सम्झौता देशको सार्वभौमिकता र स्वाधीनताको हितमा नभएको प्रचारप्रसार गर्न पोस्टरिङ गरिएको नेकपा जिल्ला कार्यालयले जनाएको छ ।

एमसीसीविरुद्ध पार्टीले व्यापक जनदबाब कायम गर्न हरेक जिल्लाबासीले आफ्नो क्षेत्रका निर्वाचित जनप्रतिनिधिलाई समेत उक्त सम्झौताका पक्षमा मत नदिन र गरेमा जनकारबाही गर्न आह्वानसमेत गरेको छ । देशैभरि एमसीसीविरुद्ध जनताको आन्दोलन तीव्र भैरहेकाले केपी सरकार हिंसात्मक दमनमा उत्रेको र यसको जबाफ पनि जनताले सोहीअनुसार दिनसक्ने आकलन गर्न थालिएको छ । एमसीसी पूर्ण रुपमा खारेज नभएसम्म पार्टीले निरन्तर आन्दोलन गरिरहने पनि नेकपा स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :