महिला सङ्घ क्रान्तिकारीद्वारा पाण्डेप्रति श्रद्धाञ्जली


काठमाडौँ : अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी रूपन्देहीले सङ्गठनकी जिल्ला सदस्य गोमा पाण्डेको असामयिक र दुःखद् निधनमा शोक प्रकट गर्दै पाण्डेप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

सङ्गठनकी जिल्ला अध्यक्ष रेखा खनालले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेकी छिन् । फोक्सोको क्यान्सर रोगबाट ग्रस्त पाण्डे जनयुद्धकालदेखि नै क्रान्तिकारी आन्दोलनमा जोडिएर पछिल्लो पटकसम्म अविच्छिन्न क्रान्तिकारी आन्दोलनमा रही सङ्गठनमा क्रियाशील रहेको विज्ञप्तिमा उल्लेख छ ।

पाण्डे रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ८ मणिग्राम बस्दै आएकी थिइन् । जेठ २२ गते ५३ वर्षको उमेरमा उपचारका क्रममा उनको निधन भएको हो । विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :