जुम्लाबाट गिरफ्तार जिल्ला नेता रोकायालाई तत्काल रिहा गर : नेकपा

‘एमसीसी पारित भए सांसदलाई जुम्ला प्रवेश निषेध’


काठमाडौँ : नेकपा जुम्लाले पार्टीकेन्द्रको पूर्वघोषित एमसीसीविरुद्ध सङ्घर्षको कार्यक्रम सकेर घर फर्किंदै गरेको अवस्थामा प्रहरीले जिल्ला नेता शक्तसिंह रोकायालाई गिरफ्तार गरेको भन्दै बिनासर्त रिहा गर्न माग गरेको छ । जिल्ला इन्चार्ज विश्वासले विज्ञप्ति जारी गरी संसद्बाट राष्ट्रघाती एमसीसी परियोजना पारित गरिएमा जिल्लाका सांसदमाथि कारबाही गर्ने चेतावनी पनि दिएका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्, वर्तमान केपी वली नेतृत्वको सामाजिक फासिवादी सरकारले सदनमा पेस गरेको एमसीसी अमेरिकी परियोजना नेपाल राष्ट्र र नेपाली जनताका लागि ठूलो राष्ट्रघात भएकाले हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी जुम्ला जिल्ला समितिको गहिरो ध्यानाकर्षण भएको छ । उक्त परियोजनामा सत्ताधारी पार्टी डबल नेकपाभित्र विवाद हुँदाहुँदै पनि प्रतिपक्षी दलका नेता अमेरिकी एजेन्ट शेरबहादुर देउवा र सरकार प्रमुख केपी शर्मा वलीले जबर्जस्ती एमसीसी परियोजनालाई सदनमार्फत लाद्न खोज्दा नेपालको राष्ट्रिय सार्वभौमिकता सङ्कटमा परेको छ । यो बेला राष्ट्रिय स्वाभिमान चाहने नेपालीहरूले यसको प्रतिरोध गर्नु अनिवार्य हुन्छ । यसै सिलसिलामा हाम्रो गौरवशाली पार्टीले उक्त परियोजनाका विरुद्ध देशव्यापी सङ्घर्षका कार्यक्रमहरू घोषणा गरेको कुरा सबैसामु सर्वविदितै छ ।’

विश्वासले विज्ञप्तिमा भनेका छन्, ‘पार्टी केन्द्रको घोषित कार्यक्रमलाई कार्यान्वयन गर्ने क्रममा यही मिति २०७७ साल जेठ २२ गते साँझ ९ः०० बजेको समयमा घर फर्कंदै गर्दा बाटोमा जुम्ला जिल्ला सिजा गाउँपालिका वडा नं. १ डिग्रा निवासी इमानदार, कुशल, कर्मठ, आमूल परिवर्तनप्रति प्रतिबद्ध, राष्ट्रिय स्वाभिमानका पक्षधर पार्टीका जुझारु युवा तथा जुम्ला जिल्ला पार्टी सदस्य कमरेड शक्तसिंह रोकायालाई प्रहरी प्रशासनले गैरन्यायिक ढङ्गले गिरफ्तार गरेको हुँदा उक्त गैरन्यायिक गिरफ्तारीको हाम्रो जिल्ला पार्टी घोर भत्र्सना गर्दै तत्काल बिनासर्त रिहाइको माग गर्दछ ।’

विज्ञप्तिको अन्त्यमा विश्वासले भनेका छन्, ‘यो राष्ट्रघाती एमसीसी परियोजना पास भएको खण्डमा हाम्रो राष्ट्रले भविष्यमा ठूलो क्षति मोल्नुका साथै साम्राज्यवादीहरूले रणभूमि बनाउने ठूलो चलखेल गरेको हुँदा राष्ट्रियता नै गम्भीर ओझेलमा पर्ने भएकाले जुम्ला जिल्लाबाट एमसीसीका पक्षमा बोल्ने जनप्रतिनिधिहरूले ठूलो क्षति मोल्नुपर्नेछ र हाम्रो पार्टी कडाभन्दा कडा कारबाही गर्नका लागि बाध्य हुनेछ । अन्यथा जिल्लामा सीआईडी, सुराकी, गिरफ्तारी, धरपकड बन्द नगरेको खण्डमा हाम्रो जुम्ला जिल्ला पार्टी जुनसुकै मूल्य चुकाउन बाध्य हुने भएकाले यसको भागेदार सरकार र सम्बन्धित निकाय हुनुपर्ने छ भनी यस प्रेस विज्ञप्तिमार्फत जानकारी गराउँछौँ ।’ विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :