एमसीसीका पक्षमा मतदान गरेमा नेकपाले दार्चुलाका सांसद ठगुन्ना र बडुलाई जनकारबाही गरी जिल्ला प्रवेश गर्न नदिने

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी दार्चुलाले अपिल प्रकाशित गर्दै एमसीसीजस्तो राष्ट्रघाती सम्झौताका पक्षमा सदनमा मतदान गरेमा जिल्लाका प्रतिनिधिसभाका दुई सांसद गणेश ठगुन्ना र दिलेन्द्रप्रसाद बडुलाई जनकारबाही गर्ने घोषणा गरेको छ । पार्टीका जिल्ला इन्चार्ज आकाश र सेक्रेटरी लक्ष्मण शाहीले शुक्रबार जारी गरेको अपिलमा उक्त सम्झौता पारित गरेमा दुवै सांसदलाई जिल्ला प्रवेश गर्न नदिने चेतावनी पनि दिएको छ ।

अपिलमा भनिएको छ, ‘देश कोरोना भाइरसको महामारीले आक्रान्त बनेको बेला सङ्कटको मौका छोपेर अमेरिकी अनुदान सहयोग (एमसीसी) परियोजना पास गर्न वली नेतृत्वको समाजिक फासिवादी सरकार लागिपरेको छ । अमेरिकी सैन्य गुट (हिन्द–प्रशान्त रणनीति) को अभिन्न अङ्ग रहेको एमसीसीजस्तो राष्ट्रघाती सम्झौतामा सहीछाप लगाएर नेपाललाई पराधीन बनाउन कम्युनिस्टको मुखुण्डो बोकेको वली गुट र नेपाली काङ्ग्रेस नाभीदेखिको बल लगाइरहेका छन् । असंलग्न परराष्ट्रनीति अपनाएको नेपाललाई कुनै विशेष सैन्य गुटको सदस्य बनाउन खोज्नु राष्ट्रघाती कदम हो । एमसीसी परियोजनाको प्रावधानले नेपाललाई अमेरिकी सेनाको सैन्य अखडामा परिवर्तित गर्दै नेपालको अवस्था पनि इराक, अफगानिस्तान, सिरिया र लिबियाको जस्तै पराधीन र अर्धऔपनिवेशिक हुने निश्चित नै छ । अहिलेसम्म पराधीन नरहेको नेपाललाई दलाल शासकहरुले आफ्नो व्यक्तिगत स्वार्थ परिपूर्ति गर्नका लागि एमसीसीलाई सदनबाट पास गराई देशलाई अमेरिकी साम्राज्यवादको जिम्मा लगाउने प्रयत्न गरिरहेका छन् ।’

अपिलमा अगाडि भनिएको छ, ‘दार्चुलाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरु गणेश ठगुन्ना र दिलेन्द्रप्रसाद बडुज्यूलाई संसद्मा एमसीसीजस्तो राष्ट्रघाती अपराधका पक्षमा भोट नगर्न नेपाल कम्युनिस्ट पार्टी दार्चुला जिल्ला कार्यसमिति आग्रह गर्दछ । जनताको भावनाविपरीत एमसीसीजस्तो राष्ट्रघाती, जनघाती र देशको सार्वभौमिकतालाई चुनौती दिने हिन्द–प्रशान्त रणनीतिको अङ्ग एमसीसीका पक्षमा भोट गरे दार्चुलाका देशभक्त र स्वाधीनताका पक्षमा लडिरहेका जनताले जनकारबाही गर्नुका साथै जिल्ला प्रवेशमा रोक लगाउने बेहोरा जानकारी गराउँछौँ ।’ अपिल….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :