सगरमाथामा जलाइयो एमसीसी सम्झौतापत्र


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी सगरमाथा ब्युरोलेले एमसीसी सम्झौतापत्र जलाएको छ । पार्टीको एमसीसीविरुद्ध सङ्घर्षको कार्यक्रमअन्तर्गत सगरमाथाभरि एमसीसी सम्झौता जलाइएको समाचारमा जनाइएको छ ।

नेकपा भोजपुरले राष्ट्रघाती एमसीसी सम्झौता जलाएको छ । सिङ्गो देशको विरोध हुँदाहुँदै पनि शेरबहादुर देउवा र केपी वलीको दबाबमा सदनबाट पास गराउने षड्यन्त्रविरुद्ध नेकपा भोजपुरले राष्ट्रघाती एमसीसी सम्झौता जलाएको जानकारी जिल्ला सेक्रेटरी नवीनले दिए ।

उनका अनुसार जिल्लाका प्रत्येक एरियाहरूमा उक्त सम्झौता जलाइएको छ । केन्द्रीय सङ्घर्षका कार्यक्रमअनुसार सम्झौता जलाइएको हो । सङ्घर्षका अन्य कार्यक्रमलाई पनि निरन्तरता दिने नेकपा भोजपुरले जनाएको छ ।

यस्तै खोटाङ, सोलुखुम्बु, उदयपुर, ओखलढुङ्गालगायत सगरमाथा ब्युरोका सबै जिल्लाहरूका प्रत्येक एरियामा पनि एमसीसी सम्झौतापत्र जलाइएको सम्बन्धित जिल्लाहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :