ढकाललाई जेठ २५ गते उपस्थित गराउन सर्वोच्चको आदेश


काठमाडौँ : सर्वोच्च अदालतले अखिल क्रान्तिकारीका अध्यक्षसमेत रहेका अधिवक्ता चिरञ्जीवी ढकाललाई यही जेठ २५ गते सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले शुक्रबार यस्तो आदेश दिएको हो । अधिवक्ता कान्तिराम ढुङ्गानाले महानगरीय प्रहरी परिसर टेकुलाईसमेत विपक्षी बनाई सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेका थिए ।

सर्वोच्चको फैसलामा भनिएको छ, ‘यसमा केकसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने भए आधार कारण खुलाई महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जबाफसाथ बन्दीलाई मिति २०७७ जेठ २५ गतेका दिन बिहान १०ः०० बजे उपस्थित गराउनू ।’

‘प्रस्तुत आदेश र रिट निवेदनको एकएक प्रति नक्कलसमेत साथै राखी विपक्षीहरूका नाउँमा शुक्रबार नै इमेलमार्फत म्याद सूचना पठाई म्याद सूचना पठाएको जानकारी टेलिफोनमार्फत गराई प्रस्तुत रिट निवेदन सुनुवाइका लागि उपरोक्तबमोजिम मिति २०७७ जेठ २५ गतेको पेसी तोकी नियमानुसार पेस गर्नू’ भन्ने आदेश पनि सर्वोच्चले दिएको छ ।

ढकाललाई प्रहरीले बुधबार संयुक्त विद्यार्थी आन्दोलनको कार्यक्रममा सहभागी भएर भक्तपुरतर्फ जान लागेको समयमा माइतीघर मण्डलाबाट गिरफ्तार गरेको थियो । आदेशपत्र…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :