काठमाडौँमा एमसीसीविरुद्ध पर्चा वितरण


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्चले बिहीबार काठमाडौँमा पर्चा वितरण गरेको छ । अमेरिकी कम्पनी एमसीसीका विरुद्ध मञ्चले उक्त पर्चा वितरण गरेको हो ।

काठमाडौँको चक्रपथबाट पर्चा वितरण सुरु गरिएको थियो । सुकेधारा, चाबहिल, गौशाला, सिनामङ्गल, कोटेश्वर, नयाँबानेश्वर, पुतलीसडक, बागबजार, लैनचौर, म्हैपी, नयाँबसपार्क, बालाजु हुँदै टोखा, बूढानीलकण्ठसम्म पर्चा वितरण गरिएको जानकारी मञ्चले दिएको छ ।

पर्चा वितरण गर्न निश्चला थापा र सङ्गीनको नेतृत्वमा २० जना युवाहरू क्रियाशील रहेको सम्पर्क मञ्चले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :