राष्ट्रघाती परियोजना संसद्बाट पारित गराउन खोज्नु खेदजनक : निर्माण

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका सेती–महाकाली ब्युरो इन्चार्ज निर्माणले प्रधानमन्त्री केपी वलीको कालापानीमा देखापरेको क्षणिक नक्कली राष्ट्रवाद एमसीसीमा गएर उदाङ्गो भएको बताएका छन् । आम देशभक्त जनताको भावनाविपरीत केपी नेतृत्वको दलाल सरकारले राष्ट्रिय सार्वभौमिकताका विरुद्धको अमेरिकी सैन्य परियोजना एमसीसी सरकारको नीति तथा कार्यक्रममा ल्याएर संसद्बाट पास गर्न खोज्नु निन्दनीय र खेदजनक भएको उनले बताएका हुन् । निर्माणले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त कार्य नाङ्गो राष्ट्रघात र जनमतको उपहास भएको पनि बताएका छन् ।

सरकारको उक्त कदमका विरुद्ध नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यक्रमको नीति कार्यान्वयन गर्न र त्यसलाई थप बल पुग्ने गरी सेती–महाकाली ब्युरोका तर्फबाट विभिन्नखाले कार्यक्रमहरू सार्वजनिक गरिएको जानकारी उनले गराएका छन् । साथै उनले राष्ट्रघाती परियोजनाका विरुद्ध सबै क्रान्तिकरी राष्ट्रवादी शक्ति र आमजनतालाई एकजुट हुन आग्रह गरेका छन् । विज्ञप्तिकाे पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :