ढकाललाई बिनासर्त तत्काल रिहा गर्न दस विद्यार्थी सङ्गठनको माग

काठमाडौँ : अखिल (क्रान्तिकार।ीका अध्यक्ष चिरञ्जीवी ढकाललाई सरकारले बुधबार आन्दोलनको कार्यक्रमबाट बिनाकारण गिरफ्तार गरेको भन्दै दस विद्यार्थी सङ्गठनले बिनासर्त रिहाइको माग गरेका छन् ।

ढकालको गिरफ्तारीको माग गर्दै संयुक्त वक्तव्य प्रकाशित गर्नेहरुमा आलोक रायमाझी अध्यक्ष, अखिल (क्रान्तिकारी), राजीव ढुङ्गाना अध्यक्ष, नेपाल विद्यार्थी सङ्घ, रूपनारायण श्रेष्ठ अध्यक्ष, समाजवादी विद्यार्थी युनियन, घनश्याम मिश्र अध्यक्ष, अखिल (पाँचौँ), हरिकृष्ण गजुरेल अध्यक्ष, अखिल (क्रान्तिकारी), मनीष मिश्र अध्यक्ष, राष्ट्रिय विद्यार्थी सङ्घ, धनसुर शाही अध्यक्ष, राष्ट्रिय मञ्च (संयुक्त), महेशबहादुर सिंह अध्यक्ष, राप्रविसङ्घ, प्रकाश शाही महासचिव, अखिल (क्रान्तिकारी) र राजीव खरेल सचिवालय सदस्य, अखिल नेपाल विद्यार्थी युनियन रहेका छन् ।
संयुक्त प्रेस वक्तव्यमा भनिएको छ, ‘माइतीघर मण्डलामा आयोजित नवराज विकलगायत ६ जनाको रुकुम हत्याकाण्डको विरोध कार्यक्रमबाट अखिल (क्रान्तिकारी) का अध्यक्ष क. चिरञ्जीवी ढकाललाई प्रहरी प्रशासनले अपहरणशैलीमा गिरफ्तार गरेको प्रति हामी संयुक्त विद्यार्थी सङ्गठन बिनासर्त रिहाइको निमित्त जोडदार माग गर्दछौँ ।’

उनीहरुले विज्ञप्तिमा भनेका छन्, ‘यस्ताखाले फासिवादी हर्कतको रबैया पञ्चायतकाल र जहानिया राणाशासनलाई समेत मात दिँदै लोकतन्त्रको भद्दा मजाक मात्रै होइन, न्यूनतम् मानवअधिकारको समेत दमन गर्दै निरङ्कुश र फासिवादी सरकारको परिचय दिएको छ । यस्ताखाले क्रियाकलापको हामी घोर भत्र्सना र विरोध गर्दछौँ । फेरि पनि दमन र धरपकड दोहोरिए हामी कडा सङ्घर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनीसमेत दिन चाहन्छौँ ।’ विज्ञप्तिकाे पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :