कालो कोटमै अधिवक्ता ढकाललाई गिरफ्तार गर्नु मानवअधिकारविरोधी कार्य : जनअधिकार अभियान


काठमाडौँ : जनअधिकार अभियान नेपालका अध्यक्ष एकराज भण्डारीले कामको सिलसिलामा काठमाडौँबाट भक्तपुरतर्फ जाँदै गरेका अधिवक्ता चिरञ्जीवी ढकाललाई सरकारले बिनाकारण गिरफ्तार गरेर मानवअधिकार हनन गरेको भन्दै तत्काल रिहा गर्न माग गरेका छन् ।

अध्यक्ष भण्डारीले बिहीबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अधिवक्ता चिरञ्जीवी ढकाललाई मिति २०७७ जेठ २१ गते दिउँसो अं. ३ः०० बजेको समयमा माइतीघर मण्डलाबाट आफ्नो कानुन व्यवसायको सिलसिलामा आवश्यक कागजातको नक्कल लिनका लागि भक्तपुर जिल्ला अदालततर्फ जाँदै गर्दा कालो कोट, कानुन व्यवसायीको लोगो, मुद्दासँग सम्बन्धित कागजात, कानुनका पुस्तकहरू, बारले उपलब्ध गराएको ब्याग र मोटरसाइकलसहित बिनाकारण पक्राउ गरिएको प्रति यस जनअधिकार अभियान नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।’

भण्डारीले अगाडि भनेका छन्, ‘कुनै पनि व्यक्तिले आफ्नो रोजगार, व्यवसाय गर्न पाउने संविधानप्रदत्त हकअधिकारको बेवास्ता गर्दै कुनै पनि कानुन व्यवसायीलाई बिनाआधार पक्राउ गर्ने कार्य मानवअधिकारको गम्भीर उल्लङ्घन भएको कुरा यस अभियान नेपालले ठहर गर्दै यस कार्यको गम्भीर रूपमा भत्र्सना गर्दछ । मानवअधिकारको संरक्षण र संवद्र्धन गर्ने कार्यमा राज्यले संवेदनशीलता देखाउँदै पक्राउ गरिएका अधिवक्ता चिरञ्जीवी ढकाललाई तत्काल थुनामुक्त गर्न र निजको मानवअधिकारको संरक्षण गर्न नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सबै पक्षसँग यस जनअधिकार अभियान नेपाल जोडदार माग गर्दछ ।’ विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :