अखिल क्रान्तिकारीका अध्यक्ष ढकाल काठमाडौँबाट गिरफ्तार

काठमाडौँ : अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष तथा अधिवक्ता चिरञ्जीवी ढकाललाई प्रहरीले बुधबार माइतीघरमण्डलाबाट गिरफ्तार गरेको छ ।

काठमाडौँबाट भक्तपुर जिल्ला अदालततर्फ जाँदै गरेको बेला ढकाललाई गिरफ्तार गरी टेकु प्रहरीमा राखिएको स्रोतले जनाएको छ ।

ढकाल केही समयपहिले पनि काठमाडौँबाट गिरफ्तार भई रिहा भएका थिए ।

स्मरणीय छ, सरकारले शैक्षिक क्षेत्रमा गरेको अनियमितता र मनोमानीविरुद्ध अखिल क्रान्तिकारीसहित १० विद्यार्थी सङ्गठनले हालै सरकारलाई मागपत्र पेस गरी आन्दोलन घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :