चितवनमा केपी वली र देउवाको पुतलादहन

चितवन : अमेरिकी परियोजना एमसीसी नेपालको राष्ट्रिय हितविरुद्ध रहेको भन्दै व्यापक विरोध भैरहेको बेला नेपाल कम्युनिस्ट पार्टीले बुधबार चितवनमा प्रधानमन्त्री केपी वली र काङ्ग्रेस सभापति शेरबहादुर देउवाको पुतलादहन गरेको छ ।

राष्ट्रिय हितविपरीत विवादित एमसीसी परियोजना पास गराएर नेपाललाई पराधीन बनाउन लागेको भन्दै सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा वली र काङ्ग्रेस सभापति शेरबहादुर देउवाको पुतलादहन गरिएको नेकपाले जनाएको छ । नेकपाले चितवनको रत्ननगर नगरपालिका र कालिका नगरपालिकाको बीचमा पर्ने डुम्रेचोकमा पुतलादहन गरेको हो । पुतलादहनपछि नेकपा निकट युवा सङ्गठन नेपालका चितवन जिल्ला अध्यक्ष राम सेढाईंले एमसीसी परियोजना देशको हितविरुद्ध रहेको भए पनि व्यक्तिगत रूपमा मोटो रकम पाउने लोभमा केपी र देउवाले एमसीसी परियोजना संसद्बाट पास गरेर ठूलो राष्ट्रघात गर्न लागेको भन्दै सबैले आआफ्नो ठाउँबाट दबाब दिन आवश्यक भएको बताए ।

त्यसैगरी भरतपुर महानगरपालिका वडा नं. २६ र राप्ती नगरपालिका गडाैलीमा पनि केपी वली र शेरबहादुर देउवाकाे पुतलादहन गरिएकाे नेकपाले जनाएको छ ।

नेकपाको केन्द्रीय कार्यक्रमअनुसार देशैभर देउवा र वलीको पुतलादहन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :