कोरीयाली प्रायद्धीपमा तनाव

north-korea-missile-launch-1405-exlarge-169काठमाडौं/असार २२ : मंगलबार उत्तरकोरियाले संसारको कुनै पनि स्थानमा आक्रमण गर्न सक्ने अन्तरमहाद्धीपीय ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेपछि अमेरिकी धु्रर्वमा ठूलो तरङ्ग र बेचैनी श्रृजना भएको छ । विश्वको जुनसुकै भागमा मारक क्षमता भएकोे प्योङयाङको दाबि भए पनि विशेषज्ञहरुले अमेरिकाको अलास्का राज्यसम्म मात्र मारक क्षमता भएको बताएका छन् । प्योङयाङको दाबि र त्यससम्बन्धित फरक–फरक अनुमानबिच उत्पन्न अन्यौलका कारण विश्व झन बढि तनावमा परेको छ । फरक–फरक अनुमान र दाबिबीच उत्तरकोरियाद्वारा मंगलबार परीक्षण गरेको मिसाइल यसअघिका भन्दा शक्तिशाली भएकोमा भने विश्वका प्राविधिकहरु एकमत छन् । उत्तरले परीक्षणको औचित्य पुष्टि गर्दै “अमेरिकाको आणविक चेतावनी तथा मोलमोलाईलाई किनारा लगाउन सक्ने र कोरियाली प्रायद्धीपलाई रक्षा गर्न सक्ने’’ दाबि गरेको छ । अमेरिका र दक्षिण कोरियाले लगत्तै जापानी समुद्रमा संयुक्त सैन्य अभ्यास गर्दै ब्यालेस्टिक मिसाइल प्रहार गरेका छन् । अमेरिकाले ‘आणविक हतियारयुक्त उत्तरकोरिया स्विकार्य नहुने’ बताएको छ । त्यसप्रकारको अमेरिकी भनाइलाई अमेरिकाको दादागिरीका रुपमा धेरैले हेरेका छन् । चीन र रुसले उत्तरकोरियाका गतिविधीलाई आलोचना गर्दै अमेरिका–दक्षिणकोरियाका बीचमा भएको सैन्य अभ्यास रोक्न माग गरेका छन् । अमेरिकाद्वारा दक्षिण कोरियामा जडान गरेको थ्राड मिसाइललाई चीनले आफ्नो विरुद्ध लक्षित बताउँदै आएको छ । रुस र चीनले उत्तरकोरियामा सत्ता परिवर्तनका लागि अमेरिकाको प्रयासलाई पनि अविस्कार गरेका छन् । अमेरिकाले उत्तरका विरुद्ध नाकाबन्दी कस्दै लगेको समयमा चीनले भने उत्तरकोरियासँगको ब्यापार झन वृद्धि गरेको छ । युरोप र अमेरिकाले अरब क्षेत्रमा इजरायलजस्तै कोरियाली प्रायद्धीपमा उत्तरकोरियालाई चीन र रुसले धाप मारिरहेको स्वतन्त्र पर्यवेक्षकको बुझाई छ ।

भिडियोसहित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :