घुस्याहा इन्जिनियरलाई कार्वाही

अम्बिका चन्द/काठमाडौं, असार २२ : रुकुममा एक जना इन्जीनियरलाई नेकपाका कार्यकर्ताले कार्वाही गरेका छन् । जिल्ला विकास समिति रुकुमका सहायक–इन्जिनियर चीताराम खड्कामाथि घुस लिइरहेको अवस्थामा नेपाल कम्युनिस्ट पार्टी समर्थित युवाहरुले रङ्गेहात फेलापारी कालोमोसो दलेका हुन् । सदरमुकाम खलंगामा रहेको मयुर होटेलमा खड्काले घुस लिइरहेको सुचनाको आधारमा स्थानीय युवाहरु त्यहाँ पुगेका थिए । उपभोक्ता समितिबाट १ लाख ८० हजार घुस लिदै गर्दा रंगेहात पक्राउ गरेपछि खडकालाई कालोमोसोसहित बजार परिक्रमा गराइएको थियो । कुनै न कुनै बहानामा कामकाजमा ढिलासुस्ती गर्दै जनतालाई दुःख दिने गरेको जनगुनासोसहितका थुप्रै उजुरीहरु परेपछि केही स्थानीय युवाहरुले केही दिनदेखी खड्काका गतिविधिमा निगरानी राखेका थिए । बिहिबार घुस लिंदै गरेको अवस्थामा रंगेहात फेला पारेपछि आफ्नो पार्टीको समर्थनमा स्थानीयले जनकार्वाही गरेको नेकपा, रुकुमले बिहिबार एक विज्ञप्ति मार्फत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :