शिक्षामा २० प्रतिशत बजेट छुट्ट्याउन अखिल (क्रान्तिकारी) को माग


काठमाडौँ : अखिल (क्रान्तिकारी) ले आफ्नो सङ्गठनको मागविपरीत शिक्षामा ११ प्रतिशत मात्र बजेट विनियोजन गरिएको भन्दै सरकारको निन्दा एवम् भत्र्सना गरेको छ । सङ्गठनले कम्तीमा २० प्रतिशत बजेट छुट्ट्याउन पनि माग गरेको छ ।

शिक्षा विकास तथा समन्वय एकाइ समिति अर्घाखाँचीमार्फत सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई मागपत्र पेस गर्दै सङ्गठनले सरकारको सामाजिक उत्तरदायित्वका नाममा सामुदायिक विद्यालयका व्यवस्थापक, शिक्षक र कर्मचारीको समेत अपमान हुने गरी निजी विद्यालयलाई सामुदायिक विद्यालयको कथित शैक्षिक तथा भौतिक सुधारको जिम्मा दिने निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै उक्त निर्णय तत्काल खोरज गर्न माग गरेको छ ।

त्यसैगरी निजी विद्यालयले जेठ २१ गतेदेखि विद्यार्थी भर्ना गर्ने निर्णयप्रति पनि सङ्गठनको ध्यानाकर्षण भएको बताएको छ । सैद्धान्तिक रूपमा विद्यार्थीहरूको पठनपाठन सुरु गर्ने विषय ठीक भए पनि कोभिड १९ का कारण विद्यार्थीहरूको जीवन प्रयोगशाला हुनसक्ने कुराप्रति सचेत बनाउँदै निजी विद्यालयका सञ्चालकहरूले रकम असुल्ने नियतले यसो गर्नु गलत भएको सङ्गठनले मागपत्रमा बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :