जाजरकोटमा जलाइयो एमसीसी सम्झौतापत्र

काठमाडौँ : नेपाल नेपाल कम्युनिस्ट पार्टी जाजरकोटले पार्टीको केन्द्रीय कार्यक्रमअन्तर्गत जेठ १९ गते एमसीसी सम्झौताको प्रति जलाएको छ । नेकपाले देशव्यापी एमसीसी सम्झौतापत्र जलाउने निर्णय गरेको थियो ।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपालले पनि सोमबार देशव्यापी रूपमा एमसीसी सम्झौतापत्र जलाएको छ । कार्यक्रमको पहिलो दिन देशका विभिन्न ठाउँमा राष्ट्रघाती एमसीसी सम्झौतापत्र जलाइएको हो । युवा सङ्गठन नेपाल जिल्ला समिति जाजरकोटको आयोजनामा एमसीसीको विरोधस्वरूप उक्त सम्झौता जलाइएको समाचारमा जनाइएको छ । युवा सङ्गठन नेपाल जाजरकोटका अध्यक्ष विवशको नेतृत्वमा युवाहरू जम्मा भएर अमेरिकी अतिक्रमणकारी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) जलाएका हुन् । साथै उनीहरूले सरकारलाई राष्ट्रघाती एमसीसी पास नगर्न खबरदारी र चेतावनीसहित प्ले कार्ड प्रदर्शन गरेका छन् ।

एमसीसी सम्झौतापत्र जलाएपछि कोणसभालाई युवा सङ्गठन नेपाल जाजरकोटका अध्यक्ष विवशले सम्बोधन गरेका थिए । उनले भने, ‘यतिबेला विश्व कोरोनासँग सामना गरिरहेको छ । नेपाल पनि कोरोनासँगको लडाइँ तीव्र रूपले लडिरहेको बेला नेपालका दलालहरू एमसीसीजस्तो राष्ट्रघाती सम्झौता पारित गर्ने तयारीमा लागिरहेका छन् । यो सम्झौताको विरोधमा सम्पूर्ण देशभक्त, क्रान्तिकारी, प्रगतिशील, आमजनता एक हुन आवश्यक छ । यो राष्ट्रघाती सम्झौताको सशक्त रूपले विरोध गर्न आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :