चितवनमा एमसीसी सम्झौतापत्र जलाइयो


काठमाडौँ : चितवनमा अमेरिकी परियोजना एमसीसीको नेपाल–अमेरिकाबीच भएको सम्झौतापत्र जलाइएको छ ।

नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपाल चितवनले भरतपुर महानगरपालिका २६ मिलनचोकमा सोमबार कार्यक्रम आयोजना गरी उक्त सम्झौतापत्र जलाएको हो ।

एमसीसी सम्झौतापत्र जलाएपछि आयोजना गरिएको कोणसभामा युवा सङ्गठन नेपाल चितवनका संयोजक राम सेढाईंले सम्बोधन गरेका थिए । उनले राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्न सबै राष्ट्रवादी, प्रगतिशील र वामपन्थी शक्तिहरूलाई एक भई आन्दोलन गर्न आह्वान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :