कतारले दबाव नमान्ने

Qatar
काठमाडौं/असार २२ : खाडी क्षेत्रका अमेरिकी पक्षधर देशहरु साउदी अरब, संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले कतारलाई पठाएको १३ बुँदे माग कतारले अस्विकार गरेको छ । ती देशहरुले कतारले इरानसँगको सम्बन्ध तोड्नु पर्ने, कुवेतमा रहेको टर्कीको सैन्य शिविर हटाउनु पर्ने, सरकारी लगानीमा चलेको अलजजिरा टेलिभिजनको प्रशारण बन्द गर्नुपर्नेलगायत १३ बुँदे माग पेश गरका थिए । मंगलबार कतारका राजाले साउदी अरबलाई पत्र पे्रषित गर्दै छिमेकीको माग कतारको सार्वभौमिकता र स्वाभिमानको विरुद्ध रहेकाले स्विकार गर्न नसकिने बताएका छन् । उत्तरकोरिया, क्रिमिया, अरब, टर्की, इरानमा भइरहेका तनावकै निरन्तरता र नयाँ उत्कर्षका रुपमा कतारको तनावलाई हेरिएको छ । कतिपय विश्लेषकले संकटतिर धकेलिंदै गएको अमेरिकी अर्थतन्त्रलाई बचाउन उसले नयाँनयाँ हतियार बजारको सृजना गर्न थालेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :