वैज्ञानिक बनका नाममा भइरहेको बन फडानी युवा सङ्गठनले रोक्यो


काठमाडौँ : नेकपाको सहायक सङ्गठन युवा सङ्गठन नेपाल कैलालीले वैज्ञानिक बनका नाममा सम्पूर्ण मूल्यमान्यतालाई लत्याउँदै निबौध रुपमा गरिएको बन फडानी रोकिएको जनाएको छ । सङ्गठनका जिल्ला अध्यक्ष विष्णुले प्रेस विज्ञप्ति जारी गरी यसरी बन फडानी गर्ने बन तस्कर र दलालहरूलाई जनकारबाही गर्ने युवा सङ्गठनको केन्द्रीय नीतिअनुसार नै सङ्गठनले कारबाही अघि बढाएको जनाएका छन् । उनले भनेका छन्, ‘वैज्ञानिक बनका नाममा भइरहेको बन फडानीलाई कडाइसाथ रोक्न सरोकारवाला निकाय, आमउपभोक्ता र स्थानीय जनसमुदायलाई हार्दिक अपिल गर्दछौँ ।’

विज्ञप्तिमा भनिएको छ, ‘लकडाउनको समयमा सिङ्गो देश नै ठप्प रहेको मौका छोपी केही भ्रष्ट बन कर्मचारीहरूको संरक्षण एवम् निर्देशनमा वैज्ञानिक बनका नाममा कैलाली जिल्लामा पर्यावरणीय संवेदनशीलतासँग जोडिका राष्ट्रिय–अन्तर्राष्ट्रिय मूल्यमान्यताहरूको धज्जी उडाउँदै अनियन्त्रित ढङ्गबाट बन फडानी भइरहेको घटनाप्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ । भविष्यमा वातावरणीय प्रभावमा पर्ने असरलाई रोक्नु हाम्रो दायित्व र कर्तव्य हो । त्यसैले वैज्ञानिक बनका नाममा बन फडानी हामी कदापि गर्न दिनेछैनौँ । बन तस्कर र दलालहरूलाई जनकारबाही गर्ने युवा सङ्गठनको केन्द्रीय नीति नै रहेको छ । त्यसकारण यस वैज्ञानिक बनका नाममा भइरहेको बन फडानीलाई कडाइसाथ रोक्न सरोकारवाला निकाय, आमउपभोक्ता र स्थानीय जनसमुदायलाई हार्दिक अपिल गर्दछौँ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यसै सिलसिलामा जनताको उपस्थिति, आग्रह, सहयोग तथा युवा सङ्गठन नेपाल कैलालीको सक्रिय पहलमा गोदावरी नपा ९ बल्मी शिवपार्वती उपभोक्ता समितिका अध्यक्ष विष्णु भण्डारी रहेको वैज्ञानिक बन कटान रोकेका छौँ ।’ विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :