नेकपानेत्री बन्दनाको अन्तिम संस्कार सम्पन्न, ५०–५० हजारको अक्षयकोष घोषणा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीकी पूर्वकेन्द्रीय सदस्य एवम् अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) की पूर्वकेन्द्रीय अध्यक्ष सविता सिंह ‘बन्दना’ को जेठ १४ गते बुधबार कम्युनिस्ट पार्टीको झन्डा ओढाई श्रद्धाञ्जली दिएर अन्तिम संस्कार गरिएको छ । नेकपानेत्री बन्दनाको १२ गते नयाँदिल्लीमा उपचारका क्रममा निधन भएको थियो । बन्दनाको अन्तिम संस्कार जनवादी तरिकाले गरिएको तियो ।

अन्तिम संस्कारपछि बन्दनाका नाममा जाजरकोट नलगाड नगरपालिका सिर्केस्थित उनले पढेको विद्यालय र दैलेख गुराँस गाउँपालिका सेरी विद्यालयमा रु. ५०–५० हजारका गरिब तथा अशक्त विद्यार्थीका लागि छात्रवृत्ति अक्षयकोष निर्माण गर्ने घोषणा गरिएको छ । साथै जाजरकोट र दैलेख दुवै ठाउँमा उनको स्मृतिमा वरपीपल रोपी चौतारो निर्माण गर्ने निर्णय गरिएको छ ।

२०३६ साल पुस १७ गते जन्मिएकी बन्दनाको राजनीतिक जीवन २०५२ सालबाट सुरु भएको थियो । विद्यार्थी आन्दोलनबाट सुरु भएको उनको यात्रा महिला सङ्गठन, पहिलो महिला प्लाटुन कमिसार, जाजरकोट जिल्ला पार्टी सचिव, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) की केन्द्रीय अध्यक्ष हुँदै नेकपाको आठौँ महाधिवेशनबाट नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यसम्म रहेको थियो ।

बाथ रोगबाट लामो समयदेखि थलिएकी बन्दनालाई थप मुटुसम्बन्धी समस्या र थाइराइड पनि देखिएको थियो । अहिले पार्टीबाट उपचार बिदामा रहेकी बन्दनाको भारत नयाँदिल्लीस्थित अपोलो अस्पितालमा उपचार चलिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :