नेकपाकी पूर्वकेन्द्रीय सदस्य सविता सिंहको अल्पायुमै निधन, महासचिव विप्लवद्वारा हार्दिक श्रद्धाञ्जली


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पार्टीकी पूर्वकेन्द्रीय सदस्य एवम् अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) की पूर्वकेन्द्रीय अध्यक्ष सविता सिंह ‘बन्दना’ को अल्पायुमै भएको निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सिंहका शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् । पार्टी केन्द्रीय समितिका तर्फबाट मङ्गलबार शोक वक्तव्य प्रकाशित गर्दै महासचिव विप्लवले सिंहका छोरा १४ वर्षीय आजाद विक–सिंहको शिक्षा, स्वास्थ्य र पालनपोषणको सम्पूर्ण जिम्मा पार्टीले लिने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

महासचिव विप्लवले जारी गरेको शोक वक्तव्यमा भनिएको छ, ‘हाम्रो गौरवशाली एवम् जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीकी पूर्वकेन्द्रीय सदस्य एवम् अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) की पूर्वकेन्द्रीय अध्यक्ष कमरेड सविता सिंह ‘बन्दना’ को सोमबार उपचारका क्रममा भारतको नयाँदिल्लीमा ४० वर्षको अल्पायुमा भएको दुःखद् निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको छ । हाम्रो पार्टी कमरेड बन्दनाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ ।’

महासचिव विप्लवको शोक वक्तव्यमा भनिएको छ, ‘जाजरकोट घर भएकी कमरेड बन्दना लामो समयदेखि बाथ रोगबाट ग्रस्त भएकाले उपचारमा हुनुहुन्थ्यो । कमरेड बन्दना महान् जनयुद्ध तथा एकीकृत जनक्रान्तिकी कुशल योद्धा हुनुहुन्थ्यो । उहाँले जनयुद्धकै क्रममा कमरेड रामलाल विश्वकर्मासँग अन्तरजातीय–जनवादी विवाह गर्नुभएको थियो । कमरेड बन्दना जनयुद्धका महान् सहिद जयबहादुर सिंह र आमा मानकुमारी सिंहकी छोरी हुनुहुन्थ्यो । हाम्रो गौरवशाली पार्टी कमरेड बन्दनाका छोरा १४ वर्षीय आजाद विक–सिंहको शिक्षा, स्वास्थ्य र पालनपोषणको सम्पूर्ण जिम्मा लिने प्रतिबद्धता व्यक्त गर्दछ ।’ विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :