प्रशन उठाउँदा जा भन्ने ? – कृष्णदास श्रेष्ठ

कृष्णदास श्रेष्ठ निकर्ष निकाल्दा तथ्य र तर्कहरु दुवै सही हुनुपर्दछ । अब कता जाने भनेर प्रश्न उठाउँदा ल जा, गर भनिन्छ भने नियत खराब छ भनेर बुझ्नु पर्दछ । लोकतान्त्रिक गणतान्त्रको रक्षा गर्ने भनेको एमालेकरण हुने भनेको हो । भारतसँगको अन्तरविरोध मुख्य हो भन्ने निष्कर्षमा पुगेर मात्र राष्ट्रिय सरकार बन्न सक्दछ । जनपार्टी संख्या होइन , नीतिमा भर पर्ने विषय हो । ठूलो पार्टी हुँदैमा क्रान्ति हुँदैन । क्रान्तिकारी पार्टी हुनुपर्दछ । महाशक्ति (Super Power) भनेको साम्राज्यवाद हो । चीन साम्राज्यवादी देश बनिसक्यो भन्ने हाम्रो निष्कर्ष छैन । त्यसैले शब्द चयन जथाभावि गर्ने होइन , बुझेर गर्नुपर्छ । चीन आर्थिक शक्ति (Economic Power) बनिसक्यो भन्न सकिन्छ ।
(२०६५ मंसिर केन्द्रीय समितिको बैठकमा व्यक्त विचारको सम्पादित अंश)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :