चिनियाँ सपना

कार्लोस मगारिनोस (Coarlos Magarinos)

विगतका केही वर्षहरुमा विश्वको गम्भीर आर्थिक तथा राजनीतिक चुनौती हरु सामना ग¥यो । झण्डै एक शताब्दीकै सबैभन्दा खराब आर्थिक अवस्थाबाट माथि उठ्न सबैभन्दा उत्कृष्ट अर्थतन्त्रहरु विशेषगरी युरोप विगत आठ वर्षदेखि संघर्ष गर्दैछ । तिनीहरु कैयौं स्वार्थहरुका द्वान्द्वतर्फ डो¥याएको बहुपक्षीय राजनीतिक समस्या (Multilateral Pollitical Agenda) पनि झेलिरहेका छन् । अन्तर्राराष्ट्रिय समुदाय एउटा कुशल राजनीतिक नेतृत्वको अभावको पीडाबाट ग्रष्ट रहँदै आएको छ । यस परिप्रेक्ष्यमा राष्ट्रपति सि जिङपिङको राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय अग्रसरता उत्साहप्रद छ र व्यापक रुपमा स्वागत पनि गरिएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको १८ औं केन्द्रीय समितिको तेस्रो विस्तारित बैठकद्वारा पारित चिनियाँ जनताको प्रयास र प्रतिबद्धतालाई प्रस्ट र अर्थपूर्ण उद्देश्य दिने चीनको सुधारसम्बन्धी उनको चार बृहत् नीति (For Comprehensives ) लाई नै चिनियाँ सपना भनी परिभाषित गरिएको छ । यो अवधारणाले ‘ब्यापक समृद्ध समाज निर्माण’ (The Bulding of a Moderatly Prosperous Society in Comprehensive Manner) लाई प्राथमिकतामा राखेको छ । यसले चिनियाँ जनतालाई आर्थिक तथा सामाजिक आवश्यकतामा सन्तुस्टिको प्रत्याभूति दिलाउनेछ । विगतका केही दशकमा भएका सामाजिक–आर्थिक प्रगतिलाई थप बलियो बनाउने, आविष्कारिकता ब्यावसाय तथा ब्यापारलाई प्रश्रय दिई सबैको निम्ति रोजगार र अवसर निरन्तर सृजना गर्नेबारे यसले बलियो ढंगबाट वकालत गर्दछ ।

यो लक्ष्य हासिल गर्न राष्ट्रपति सिले एउटा स्पष्ट सन्देश दिएका छन् । अझ बढी सुधार आवश्यक छ । ‘ब्यापक रुपमा सुधारका प्रयासलाई ’ अगाडि बढाउनु नै समृद्ध र सामाजिक उन्नतीको बाटो भएको उनको ठम्याइ छ । चीन ‘सुधारको दोबाटो’ (Reform Crossrods) को नमुना हुनसक्ने विचार मान्यता नहोला । चिनियाँ जनसंख्याको उल्लेख्य भागलाई सुधारको प्रक्रियाले उनीहरुको निम्ति केही उपलब्धि दिइसकेको महशुस गर्न सक्छन् । र त्यो उद्देश्यले हासिल गर्न निरन्तर प्रयास गर्नुपर्नेबारे उनीहरु त्यति प्रतिबद्ध नहोलान् । महत्वपूर्ण स्थानमा रहेको केही भने (सुधारले–सं.) अहिले प्राप्त गरेको आफ्नो स्थानमा सम्झौता गर्न नपरोस् भन्ने चाहन्छन् । यद्यपी नेतृत्व के बुझ्दछ भने विश्वव्यापी रचना ‘युगान्तकारी परिवर्तन’ भइरहेको यो समयमा ‘सबै’ नभए ‘प्राय सबै’ चिनियाँ जनताले कमसेकम सम्मानजनक र अवसरहरुसहितको आधारभूत आवश्यकता परिपूर्ति हुने जीवन प्राप्त नगरसम्म सुधारलाई निरन्तरता दिनुपर्छ ।

के बुझ्न सकिन्छ भने आर्थिक तथा सामाजिक सुधारका प्रयासलाई कैयौं वर्ष लगानी गरिसकेपछि सुधारलाई थप ब्यापक बनाउनु भन्नु आजको सन्दर्भमा चीनको सरकारको व्यवस्थापनलाई पुनः निर्माण गर्न र आधुनिक बनाउनु हो यस प्रक्रियाको प्रारम्भबारे राष्ट्रपति सिले भनेजस्तै ‘ब्यापक ढङ्गमा विधिको शासनलाई लागू गर्ने’ कार्यबाट थाल्नुपर्छ ।
यस प्रक्रियाभित्र सामाजिक न्याय प्राप्तिको लागि प्रमुख राजनीतिक कदम आवश्यक हुन्छ । चिनियाँ आर्थिक जादुको यो वर्तमान चरणमा यो लक्ष्य अत्यन्तै महत्वपूर्ण हो । चिनियाँ जनताको सामाजिक अवस्था उकास्न त्यति धेरै वर्ष आर्थिक उन्नतिमा केन्द्रित भइसकेपछि अब पहिलाका उपलब्धिलाई थप बलियो समय भएको छ । सरकारको ब्यवस्थापकीय आधुनिकीरणको उपायमार्फत चिनियाँ समाजको सामाजिक न्याय बलियो बनाउने प्रयासले थप बल प्राप्त गर्नेछ ।
विशेषगरी विधिको शासन कार्यन्वयन गर्न र अरु तीन बृहत उद्देश्य हासिल गर्न ‘पार्टी अनुशासनलाई ब्यापक रुपमा बलियो बनाउने’ उपाय अनिवार्य आवश्यकता बनेको छ । त्यसपछि मात्र सामाजिक न्याय र आशातीत सफलता प्राप्त गर्न सकिनेछ ।

क्रमगत दृष्टिकोणमा मध्यस्तरको समृद्धि समाजको सघन निर्माण नै प्रमुख लक्ष्य हो जुन राष्ट्रिय पुनः निर्माणको चिनियाँ सपनाको आधारभूत तत्व पनि हो । ‘ब्यापक रुपमा सुधारलाई फैलाउने’ कदम जस्तो प्रमुख तत्वविना चिनियाँ सपना साकार बनाउन सम्भव छैन । यसको,निम्ति त्यस्तो आधुनिक सरकार आवश्यक छ । जुन ‘ब्यापक किसिमले विधिको शासन लागू गर्ने’ र ब्यापक रुपमा पार्टी बलियो बनाउने’ उपायमार्फत सामाजिक न्याय लागू गर्न प्रतिबद्ध हुन्छ । चीनको भविश्यको निम्ति राष्ट्रपति सिको गुरुयोजनाभित्र राणनीति योजना र एकआपसमा सहयोग पु¥याउने र प्रभाव पार्ने उपायहरु पर्दछन् । राष्ट्रपति सिले आफ्ना विषय वस्तु (Agendas) अगाडि बढाउन विगतका राष्ट्रपतिले भन्दा फरक ढङ्गमा केही घरेलु अफ्ठ्याराहरुलाई समाधान गर्नुपर्नेछ । एक जना विदेशीले यसैको आधारमा उनको नेतृत्वको प्रतिबद्धता र निर्णय क्षमता जाँच्नेछ । चीनभित्रै धेरै आवश्यकताहरु भएतापनि एक जना विश्वकै जिम्मेवार नागरिकको नाताले राष्ट्रपति सि सृजनानात्मक भूमिका निर्वाह गर्न दृढ सङ्कल्पिक छन् । चीनको अगुवाइमा एसियाका सम्पूर्ण देशहरुको हितको निम्ति एसियाली पूर्वाधार लगानी बैंक (Asian Infrastructure Investment Bank) सुरु भएजस्तै ४० अर्ब डलरको रेशम मार्ग कोष (Silk Road Found) सहित रेशम मार्ग आर्थिक क्षेत्र (The Silk Eoad Economic Belt) र एकाइसौं शताब्दी समुद्री रेशम मार्ग कोषको अगुवाइ (21st Century Maritime Silk Road Initiative) जस्ता महत्वपूर्ण योजनाले मध्यएसियाका देश र दक्षिणपूर्वी एशियाली देशहरुको संगठन (Association of Southeast Asian Nations) र त्यसका सदस्य देशहरुसँग अझ प्रगाढ सम्बन्ध र सहयोग विकास गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।

उदीयमान अर्थतन्त्रहरुको समूहको रुपमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकासहितको ब्रिक्स (Bicks) स्थापना भइसकेको छ । यसले ५० वर्ष अमेरिकी डलरको नयाँ विकास बैंक (New Development Bank)सुरु गरेको छ । र आफ्ना सदस्यहरुको आर्थिक सङ्कटमा सहयोग पु¥याउन १०० अर्ब अमेरिकी डलरको कोष स्थापना गर्न सङ्कटकालीन सञ्चय सम्झौता (Contingency Reserves Ageement) मा हस्ताक्षर गरेको छ । आधुनिक संस्थाहरुको निर्माणमा चिनियाँ नेतृत्वले चालेको केही महत्वपूर्ण पाइलामध्ये यी केही उदाहरण मात्र हुन् । नयाँ युगको निम्ति अन्तर्राष्ट्रिय समुदायहरुलाई नयाँ संस्थाहरु आवश्यक छन् । पुराना संघ–संस्थाहरुले भविश्यमा समस्या समाधान गर्न सक्ने छैनन् ।
बहुपक्षीय विश्व (Multilaterelism) लाई नवीकरण गर्न विश्व आर्थिक शक्ति र राजनीतिक वास्तविकतामा नयाँ सन्तुलन कायम गर्न आवश्यक संस्थाहरु निर्माण गर्न निर्णायक रुपमा चीनले योगदान पु¥याइरहेको छ । आधुनिक र प्रगतिशील अन्तर्राष्ट्रिय समाजलाई आकार दिन यो आवश्यक छ । चीनले ‘आधुनिक तथा प्रगतिशील विश्व समाज’ मा एउटा ‘मध्यस्तरको उन्नत समाज’ बनाउन चाहेको दखिन्छ ।

चीनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अग्रसरता एकआपसमा राम्ररी अन्तरसम्बन्धित छन् । यी दुईवटै अगुवाइले अझ बढी राम्रो समाज निर्माण खोजेको छ र राष्ट्रपति सिले चुनौतीहरुलाई राम्ररी बुझेका छन् र तीसँग हरसम्भव तरिकाबाट सामाना गर्न तयार भएको दखिन्छ । उनले सकरात्मक एवम् निर्णायक क्षमताबाट नेतृत्व दिइएका छन्, जुन हामीले बाँचेको समयमा विरलै पाइने अमूल्य उपहार हो ।
(लेखक Globle Alliace of Smes का अध्यक्ष र Un Industrial Development Organizations का पूर्वमहानिदेर्शक हुन् )

The Chinese Dream BEJING REVIEW

Vol. 58, No. 22, May 28, 2015

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :