देशको माया गीति एल्बम परिचर्चा सम्पन्न

Deshko-Maya-1499242741
काठमाडौं/असार २१ : सत्ताको उत्पीडनबाट पिल्सिएका जनता र जनयुद्धको कथा बोकेको गीति एल्बम ‘देशको माया’ माथि परिचर्चा कार्यक्रम बुधबार राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको छ । अखिल नेपाल जनसांस्कृतिक महासंघका कोषाध्यक्ष एवं जनवादी गीतकार, संगीतकार तथा गायक आरोह नेपालीको यो एल्बममाथि विभिन्न व्यक्तित्वहरुले परिचर्चा गरेका थिए । कार्यक्रममा महासंघका केन्द्रीय समिति सदस्य टेक बलम्पाकीको अध्यक्षता तथा नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य हेमन्तप्रकाश वली ‘सुदर्शन’को प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा पार्टीमा केन्द्रीय समिति सदस्य चिरन पुन, अखिल नेपाल महिला संघ महासचिव धीरेन्द्राकुमारी उपाध्याय, अखिल नेपाल जनसाँस्कृतिक महासंघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :