नेकपाका नेता राईलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश


काठमाडौँ : सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका नेता तीर्थ राईलाई रिहा गर्न सरकारलाई आदेश दिएको छ ।

सर्वोच्च अदालतमा मङ्गलबार भएको बन्दी प्रत्यक्षीकरणको रिटमाथिको बहसपछि न्यायाधीश प्रकाशमानसिंह रावत र प्रकाश ढुङ्गानाको संयुक्त इजलासले नेता राईलाई रिहा गर्न आदेश दिएको हो । बन्दीका तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरु चिरञ्जीवी ढकाल, सन्तोष कोइराला र लक्ष्मी थापाले बहस गरेका थिए ।

नेता राईलाई २०७६ साल जेठ २ गते प्रहरीले गिरफ्तार गरेको थियो । अदालते पटकपटक रिहाइको आदेश दिए पनि राईलाई पाँचपटकसम्म गिरफ्तार गरिएको भन्दै अदालतले उनलाई गैरकानुनी थुनामा राखेको ठहर गरेको हो । २०७६ जेठ १० गते सर्वाेच्च अदालतले नै रिहाइको आदेश दिए पनि प्रहरीले राईलाई फेरि गिरफ्तार गरेको थियो । त्यस्तै वैशाख १८ गते जिल्ला अदालतले थुनामुक्त गर्न आदेश दिए पनि प्रहरीले उनलाई गिरफ्तार गरेर थुनामा राखेको थियो ।

अदालतले उनलाई पर्याप्त कारण र आधारबिना प्रवृत्त भावना राखी प्रहरीले पटकपटक गिरफ्तार गरेको भन्दै रिहाइको आदेश दिएको हो । आदेशपत्र…..

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :