भारतीय हस्तक्षेपविरुद्ध रामेछापमा मशाल जुलुस

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी रामेछापले नेपाली भूमिमा भारतीय साम्राज्यवादी हस्तक्षेपविरुद्ध मशाल जुलुस निकालेको छ ।

जिल्लाको खाँडादेवी गाउँपालिका वडा नम्बर ६ स्थित माकादुमनजिकै पचासौँजनाको सहभागितामा जुलुस निकालिएको थियो । मशाल जुलुसमा भारतीय साम्राज्यवादविरुद्ध गगनभेदी नारा लगाइएको प्राप्त समाचारमा जनाइएको छ ।

मशाल जुलुसपछि आयोजित कोणसभामा तामाङ मुक्ति मोर्चा खाँडादेवी गाउँपालिकाका संयोजक गगलाल तामाङले सम्बोधन गरेका थिए । उनले भारतीय साम्राज्यवादी हस्तक्षेप यथावत् रहे सबै देशभक्त शक्तिहरूलाई गोलबन्द गराई राष्ट्रिय मुक्ति आन्दोलन गर्ने र त्यसको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :