साम्राज्यवादी अतिक्रमणविरुद्ध नेकपा र युवा सङ्गठनले गरे प्रदर्शन


काठमाडौँ : भारतीय साम्राज्यवादी अतिक्रमणविरुद्ध नेपाल कम्युनिस्ट पार्टी कैलाली, घोडाघोडी नगर समिति र युवा सङ्गठन नेपाल कैलालीले मशाल जुलुस प्रदर्शन गरेका छन् ।

हालसालै भारतीय साम्राज्यवादले नेपालको भूमि मिचेर चीनसँग जोड्ने व्यापारिक मार्गको उद्घाटन गरेको र भारतीय साम्राज्यवादी हस्तक्षेपको उक्त कदमप्रति घोर निन्दा एवम् भत्र्सना गर्दै नेकपा र युवा सङ्गठन नेपाल कैलालीले मशाल जुलुस प्रदर्शन गरेका छन् ।

त्यस्तै साम्राज्यवादी भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपाली भूभाग गुञ्जी र लिपुलेक हुँदै धार्चुला र मानसरोवर जोड्ने मार्ग उद्घाटन गर्दासमेत भ्रष्ट, नालायक, राष्ट्रघाती वली सरकारको उदासीनता र लाचारीपनप्रति पार्टीको केन्द्रीय कार्यक्रमअन्तर्गत प्रदर्शन गरिएको नेकपाले जनाएको छ । भारतीय हस्तक्षेप र अतिक्रमण कार्य तत्काल रोक्नका लागि भारत सरकारसँग कूटनीतिक पहल गर्नका लागि नेपाल सरकारसँग माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :