जाजरकोटमा भारतीय सुरक्षा प्रमुखको अभिव्यक्तिविरुद्ध सभा

काठमाडाैँ : भारतले बारम्बार नेपालको राष्ट्रियतामा आँच आउने कार्य गरेको विरोधमा देशव्यापी रुपमा विरोध कार्यक्रमहरू भइरहेका छन् । युवा सङ्गठन नेपाल भेरी–कर्णाली ब्युरो इन्चार्ज दीपको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपाल जाजरकोटले विरोध कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीका विषयमा भारतीय सेना प्रमुखले दिएको अभिव्यक्ति आपत्तिजनक रहेकाले यस कार्यको घोर भत्र्सना गर्नुपर्ने कार्यक्रमममा दीपले बताएका छन् । उनले भने, ‘संसार कोरोनाको महाविश्वयुद्धको चपेटामा परिरहेको समयमा त्यसको मौका छोपी भारतले नेपाली भूमिमाथि आक्रमण गरी साम्राज्यवादी हर्कत देखाइरहेको छ । यस्तो अभिव्यक्ति हामीलाई मान्य छैन । हामी सारा नेपाली एक भएर यस्ता गतिविधिविरुद्ध फायर खोल्न बाध्य हुनेछौँ । नेपाली भूमि भारतले निःसर्त नेपाललाई फिर्ता गरोस् । हाम्रो भूमि प्राणभन्दा प्यारो छ । नेपालि भूमिका निम्ति हामी बलिदान दिन पनि तयार छौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :