भारतीय अतिक्रमणविरुद्ध नारायणी ब्युरोभरि मशाल जुलुस र विरोधसभा


काठमाडौँ : भारतले नेपालका लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत भूमि अतिक्रमण गरेको विरोधमा नेकपा नारायणी ब्युरोले ब्युरोभरि मशाल जुलुस निकाली विरोधसभा आयोजना गरेको समाचार प्राप्त भएको छ ।

प्राप्त समाचारअनुसार भारतीय अतिक्रमणको विरोधमा नेपाल कम्युनिस्ट पार्टी नारायणी ब्युरोअन्तर्गत चितवनको राप्ती नगरपालिकाका आँपपानी, झुरझुरे, पिप्ले, भरतपुर महानगरपालिका २६ नं. वडामा मशाल जुलुस निकालिएको छ । यस्तै भरतपुर महानगरपालिका वडा नं २६ को कापेमा पनि मशाल जुलुस र विरोधसभा भएको समाचार प्राप्त भएको छ ।

पार्टीको केन्द्रीय कार्यक्रमअनुसार आयोजित मशाल जुलुस र विरोधसभाहरूमा पार्टीका स्थानीय नेताहरूले सम्बोधन गरेका थिए ।

यसैगरी मकवानपुरका मनहरी र गढी, धादिङको गल्छीमा पनि भारतीय हस्तक्षेप र अतिक्रमणविरुद्ध मशाल जुलुस निकाली कोणसभाहरू आयोजना गरिएको समाचार प्राप्त भएको छ । विरोधसभाका वक्ताहरूले अतिक्रमित भूमि फिर्ता ल्याउन बलिदान दिन पनि पछि नपर्ने धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :