भारतीय अतिक्रमणविरुद्ध काठमाडाैँका तीन ठाउँमा मशाल जुलुस


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी काठमाडौँ जिल्ला समितिले भारतीय साम्राज्यवादबाट नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत अतिक्रमण गरेको विरोधमा मशाल जुलुस निकालेको छ ।

पार्टीको केन्द्रीय कार्यक्रमअनुसार वैशाख २९ र ३० गते काठमाडौँका करिब १५ ठाउँमा मोदीको पुतलादहन थरी ३१ देखि जेठ ४ गतेसम्म अपिल र नाराहरूसहितका पर्चा काठमाडौँका दसवटा नगरपालिका र एक महानगरमा व्यापक वितरण गरिएको समाचारमा जनाइएको छ । त्यसपछि काठमाडौँका विभिन्न स्थानमा सोमबार मशाल जुलुस निकालिएको हो ।

प्राप्त जानकारीअनुसार कीर्तिपुर र गोकर्णेश्वर नगरपालिकाका साथै काठमाडौँ महानगरपालिकाको नयाँबजार क्षेत्रमा मशाल जुलुस निकालिएको छ । सरकारी प्रतिबन्ध चिर्दै पार्टी समिति र जनवर्गीय सङ्गठनले निकालेको मशाल जुलुसमा भारतीय अतिक्रमणविरुद्ध नाराबाजी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :