भारतीय प्रधानमन्त्री र रक्षामन्त्रीको पुतला जलाइयो


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी कैलाली, धनगढी नगर समिति र अखिल क्रान्तिकारी कैलालीले हालै भारतीय साम्राज्यवादले नेपालको भूमि मिचेर चीन जोड्ने सडकको उद्घाटन गरेकोमा साम्राज्यवादी हस्तक्षेपको घोर निन्दा एवम् भत्र्सना गर्दै साम्राज्यवादी भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपाली भूभाग गुञ्जी र लिपुलेक हुँदै धार्चुला र मानसरोवर जोड्ने मार्ग उद्घाटन गरेको विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय रक्षामन्त्री सिंहको पुतला जलाएका छन् ।

भारतले आफ्नो जमिन मिच्दासमेत भ्रष्ट, नालायक, राष्ट्रघाती वली सरकार उदासीन र लाचार बनेको विरोधमा धनगढीमा मशाल जुलुस निकालिउको समाचारमा जनाइएको छ ।

पुतलादशन तथा मशाल जुलुस कार्यक्रममा धनगढी नगर इन्चार्ज अनमोल र अखिल क्रान्तिकारी अध्यक्ष सुवासले नेपालको भौगोलिक अखण्डता र स्वाधीनतामाथि गरिएको भारतीय हस्तक्षेप र नेपाल सरकारको राष्ट्रिय आत्मसमर्पणवादी रबैयाका विरुद्ध एकजुट भएर राष्ट्रिय स्वाधीनताको आन्दोलनमा सरिक हुन सम्पूर्ण देशभक्त नागरिक, बुद्धिजीवी, प्राध्यापक, मजदुर, श्रमिक, सुरक्षाकर्मी, पत्रकार, नागरिक समाज र न्यायप्रेमी जनसमुदायमा आग्रह गरेका थिए । भिडियाे …

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :