भारतीय सेना प्रमुखको अभिव्यक्तिविरुद्ध अखिल क्रान्तिकारी

फाइल : फोटो

काठमाडौँ :भारतीय सेनाप्रमुख मनोज नराभनको नेपालविरोधी अभिव्यक्तिलाई लिएर अखिल क्रान्तिकारीले पाल्पामा विरोध कार्यक्रम गरेको छ । सोमबार सम्पन्न कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य शारदा भण्डारीले भारतीय सेना प्रमुखको भनाइ आपत्तिजनक रहेको र नेपाली युवा विद्यार्थीहरू राष्ट्रिय स्वाधीनताको रक्षाका लागि चिनियाँकाजीजस्तै सहिद बन्न तयार रहेको बताए ।

नेपाली भूमि कालापानीमा भारतले अतिक्रमण गरेपछि नेपालमा सर्वत्र विरोध भइरहेको बेला भारतीय सेनाका प्रमुख मनोज नराभनले भारतले सीमा अतिक्रमण नगरेको अभिव्यक्ति दिएका दिए । भारतीय सेनाका प्रमुख मनोज नराभनले नेपालमा सीमा विवादको मुद्दा अरू कसैको इसारामा चर्काइएको भन्दै भारतले सीमा अतिक्रमण नगरेको बताएका थिए । उनले चीनतर्फ सङ्केत गर्दै अरू कसैको इसारामा नेपालमा विरोध भइरहेको अभिव्यक्ति दिएपछि उनको भनाइविरुद्ध जनआक्रोश बढेको छ । उनले भारतीय भूमिमै सडक खनेको भन्दै नेपाल–भारत सीमा क्षेत्र काली नदी नै भएको बताएका थिए । भारतीय सेना प्रमुखको उक्त भनाइको नेपालमा व्यापक विरोध भएको र विरोधमा कार्यक्रमहरु आयोजना गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :