मशाल जुलुससँगै जलाइयो मोदीको पुतला


काठमाडौँ : नेकपाको सहायक सङ्गठन युवा सङ्गठन नेपाल जनकपुर ब्युरोले भारतीय अतिक्रमणका विरुद्ध मशाल जुलुस निकाल्नुका साथै मोदीको पुतला जलाएको छ । त्यसपछि सङ्गठनले कोणसभा आयोजना गरेको प्राप्त समाचारमा जनाइएको छ ।

युवा सङ्गठन नेपाल जनकपुर ब्युरोको आयोजनामा शनिबार महोत्तरीमा मशाल जुलुस निकालिएको हो । मशाल जुलुसपछि महोत्तरीको बर्दिबासचोकमा कोणसभा आयोजना गरिएको थियो ।

सभालाई युवा सङ्गठन नेपाल जनकपुर ब्युरोका संयोजक शेखरले सम्बोधन गर्दै कोरोना महामारीको मौका छोपेर लिपुलेकमा सीमा अतिक्रमण गरी सडक बनाएकोमा आक्रोश व्यक्त गर्दै त्यसको विरोधमा सम्पूर्ण नेपाली युवालाई राष्ट्रिय स्वाधीनताको लडाइँमा सरिक हुन आह्वान गरे ।

उनले भने, ‘कोरोनाको मौका छोपी नेपालको दलाल संसदीय व्यवस्थाका मतियारहरू जनताको राहतका लागि उपलब्ध चामल र तेल पनि लुकाउने घृणित काम गरेका छन् । हँुदाहुँदा उनीहरूले भ्रष्टाचारीलाई पनि लुकाएका छन् ।’

ती भ्रष्टाचारीहरूलाई लकडाउन खुलेपछि आफ्नो सङ्गठनले कारबाही गर्ने गरिछाड्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :