लकडाउनको समय पारेर भ्रष्टाचार गर्ने सरकारी प्रतिनिधि र ठेकेदारमाथि जनकारबाही गर्ने जनसरकारको चेतावनी


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी, सेती–महाकाली स्वायत्त प्रदेश, जिल्ला जनपरिषद् अछामले प्रेस विज्ञप्ति जारी गर्दै कोरोना प्रकोपको सन्त्रास बढिरहेको समयमा लकडाउनको समय पारेर खरिद नियमावलीविपरीत भ्रष्ट जनप्रतिनिधि र ठेकेदारहरूको मिलोमतो र कमिसनको चलखेलका आधारमा अगाडि बढाइएको विषय र समयावधि सकिएपछि म्याद थपको सूचना जारी नगरी बिनाप्रतिस्पर्धा झन्डै पाँच करोडबराबरको ४ वटा स्थानमा विद्यालय भवन निर्माणको ठेक्का दिइएको बारे जनपरिषद्मा मुद्दा परेकाले भ्रष्टाचार गर्ने जनप्रतिनिधि र ठेकेदाररूलाई तत्काल काम नरोके कारबाही गर्ने चेतावनी दिएको छ ।

जनपरिषद्का प्रमुख निरक शाहीले विज्ञप्ति प्रकाशित गरी कोरोना महामारीको कहरमा लकडाउनले सबै कामकाज रोकिएको बेला लकडाउनको उल्लङ्घन गर्दै गुपचुप रूपमा बजेटको मापदण्डविपरीत कमिसनको चलखेलमा अगाडि बढाइएको कमसल भवन निर्माणको प्रक्रिया र अन्य मिलोमतोमा अगाडि बढाइएका सबै कामहरू तत्काल रोक्न रामारोशन गाउँपालिकालाई पनि सचेत गराएको छ । जनपरिषद्को आदेश अवज्ञा गरिए जिल्ला जनपरिषद्ले हस्तक्षेप गर्ने र जनकारबाहीको प्रक्रिया सुरु गर्ने जनाएका छन् ।

जनपरिषद् प्रमुखले भनेका छन्, ‘अछाम जिल्लाको रामारोशन गाउँपालिकामा विभिन्न विकास निर्माणका योजनाहरू खरिद ऐन र खरिद नियमावलीविपरीत भ्रष्ट जनप्रतिनिधि र ठेकेदारहरूको मिलोमतो र कमिसनको चलखेलका आधारमा अगाडि बढाइएको विषय र समयावधि सकिएपछि म्याद थपको सूचना जारी नगरी बिनाप्रतिस्पर्धा झन्डै पाँच करोडबराबरको ४ वटा स्थानहरूमा विद्यालय भवनहरू निर्माणको ठेक्का दिइएको बारे स्थानीय जनताहरूद्वारा हाम्रो यस जिल्ला जनपरिषद् अछामको कार्यालयमा लिखित उजुरी परेको छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘यस जनविरोधी, विकासविरोधी कर्तुतप्रति हाम्रो जिल्ला जनपरिषद्को गम्भीर ध्यानाकर्षण भएको छ । उक्त कार्यको घोर भत्र्सना गर्दछौँ । साथै जनपरिषद्बाट छानबिनको प्रक्रिया अगाडि बढाइएको जानकारी गराउँछौँ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘कोरोना महामारीको कहरमा लकडाउनले सबै कामकाज रोकिएको बेला लकडाउनको उल्लङ्घन गर्दै गुपचुप रूपमा बजेटको मापदण्डविपरीत कमिसनको चलखेलमा अगाडि बढाइएको कमसल भवन निर्माणको प्रक्रिया र अन्य मिलोमतोमा अगाडि बढाइएका सबै कामहरू तत्काल रोक्न गाउँपालिकालाई सचेत गराउँछौँ । अन्यथा जिल्ला जनपरिषद्द्वारा हस्तक्षेप गर्ने र आवश्यक जनकारबाहीको प्रक्रियामा अगाडि बढ्ने कुरा यसै प्रेस विज्ञप्तिमार्फत सम्प्रेषण गर्दछौँ । साथै सम्पूर्ण आमजनसमुदायहरूमा यस्तो भ्रष्टाचारी, कमिसनखोर र विकासविरोधीहरू विरुद्धको सङ्घर्षमा सहभागी बन्न अपिल गर्दछौँ ।’ विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :