काठमाडौँमा मोदीको पुतला दहनपछि व्यापक पर्चा वितरण

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी काठमाडौँ जिल्ला समितिले भारतीय साम्राज्यवादबाट नेपाली भुमि लिम्पियाधुरा, लिपुलेक, कालापानी अतिक्रमणको बिरुद्ध पर्चा वितरणलाई व्यापक बनाएको छ । पार्टीको केन्द्रीय कार्यक्रम अनुसार वैशाख २९ र ३० गते काठमाडौँका करिब १५ ठाउँमा मोदीको पुतला दहन गरिसकेपछि अपिल र नाराहरु सहितको पर्चा काठमाडौँका १० वटा नगरपालिका र १ महानगरका गल्ली, चोक र मुलसडकमा यत्रतत्र छरिएको खबर जिल्ला कार्यालय स्रोतले जानकारी दिएको छ ।

प्राप्त जानकारी अनुसार शंखरापुर, कागेश्वरी, गोकणेश्वर, नागर्जुन, चन्द्रागिरी, कृतिपुर र दक्षिणकाली नगरपालिकाका विभिन्न स्थानहरुका साथै काठमाडौँ महानगरपालिकाका चाहविल, चक्रपथ, जडिबुटी, नयाँबसपार्क, कलंकी, रत्नपार्क, इन्द्रचोक, माहाबौद्व, स्वायम्भु र बानेश्वर क्षेत्रमा पर्चा वितरणलाई व्यापक र ब्यवस्थित गरिएको छ । पर्चामा पार्टी केन्द्रले तय गरेका नारासहित भारतीय अतिक्रमण बिरुद्ध प्रतिरोध संघर्शमा उत्रन पनि अपिल गरिएको छ ।

प्रतिबन्धका बावजुद पनि सबै नगर, महानगर र जनवर्गीय संगठन परिचालन गरि व्यापक पर्चा बितरण गरिएको नेकपा काठमाडौँले जनाएको छ, र साथै ५ गते हुने मशाललाई पनि योजनाअनुसार सम्पन्न गर्न सबै मातहतका कमिटी र जवस मोर्चालाई आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :