काठमाडौँमै भारतीय प्रधानमन्त्रीको पुतलादहन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्चले काठमाडौँको चण्डौलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतलादहन गरेको छ ।भारतले नेपाली भूमि लिपुलेक अतिक्रमण गरी सडक निर्माण गरेको विरोधमा सम्पर्क मञ्चले मोदीको पुतलादहन गरेको हो । पुतलादहन कार्यक्रममा सम्पर्क मञ्चका केन्द्रीय सदस्य सफलले नेपाली शासकहरूका कारण राष्ट्रियता सङ्कटमा परेको बताए । साथै उनले नेपाली शासकहरूको चरित्र लम्पसारवादी भएको कारण राष्ट्रिय स्वाधीनता खतरामा परेकाले नेपाली दलालहरूका विरुद्ध लड्ने बेला भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :